विश्वभर कोरोनाबाट ५ लाख ७२ हजारको मृत्यु

विराटनगर, २९ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ७२ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ७२ हजार २ सय ३३ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार १ सय ५३ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड ३० लाख ६२ हजार पुगेको छ । विश्वभर ३४ हजार ६ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ७६ लाख ११ बढि उपचारपछि निको भएका छन् । ५८ हजार ६ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ७ सय पुगेको छ । संक्रमितको संख्या ३४ लाख १४ हजार नाघेको छ । ब्राजिलमा १८ लाख ६६ हजार बढी संक्रमित हुँदा ७२ हजार बढीको ज्यान गएको छ । भारतमा ८ लाख ७९ हजार ९ सय ४ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट २३ हजार २ सय जनाको मृत्यु भएको छ । रसियामा ७ लाख ३३ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ११ हजार ४ सय पुगेको छ । पेरुमा ३ लाख २६ हजार संक्रमित हुँदा ११ हजार ८ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख १५ हजार बढी संक्रमित मध्ये ६ हजार ९ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा ३ लाख बढी कोरोना संक्रमित मध्ये २८ हजार ४ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या २ लाख ९९ हजार नाघेको छ । मेक्सीकोमा ३५ हजार बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *