विराटनगर जुनियर जेसिज वर्ष २०२० को लोगो अनावरण

विराटनगर २७ असार । विराटनगर जुनियर जेसिजको वर्ष २०२० को लोगो अनावरण गरिएको छ । आज विराटनगरमा अनलाईन मार्फत लोगो अनावरण गरिएको हो । लोगो अनावरण पछि ‘जेसिज र तपाई’ विषयमा अनलाईन अभिमुखीकरण गरिएको छ । जेसिजका बारेमा विराटनगर जेसिजका संस्थापक अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले जेसिज आस्था र विराटनगर जेसिजका बारेमा प्रशिक्षण दिनुभएको थियो । विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठले जेसिज सदस्यका फाईदा र सदस्य किन हुने विषयमा, पुर्व अध्यक्ष सन्दिपदास श्रेष्ठले जेसिज र नेपाल जेसिजका बारेमा, नेपाल जेसिजको पुर्व उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले लक्ष्य र उद्देश्यका बारेमा सहजीकरण गर्नुभएको थियो । अनलाईन तालिममा ८५ जनाको सहभागीता रहेको जुनियर जेसिजका महासचिव विकल्प न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *