विश्वभर कोरोनाबाट ५ लाख ६८ हजारको मृत्यु

विराटनगर, २८ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ६८ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ६८ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार २ सय ७७ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड २८ लाख ७१ हजार पुगेको छ । विश्वभर ३७ हजार ६ सय १० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ७५ लाख बढि उपचारपछि निको भएका छन् । ५८ हजार ८ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ४ सय पुगेको छ । संक्रमितको संख्या ३३ लाख ५६ हजार नाघेको छ । ब्राजिलमा १८ लाख ४० हजार बढी संक्रमित हुँदा ७१ हजार ४ सय बढीको ज्यान गएको छ । भारतमा ८ लाख ५३ हजार २ सय ११ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट २२ हजार ७ सय १८ जनाको मृत्यु भएको छ । भारतमा २ हजार ८ सय ५३ नयाँ संक्रमित थपिएका छन् । रसियामा ७ लाख २७ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ११ हजार ३ सय पुगेको छ । पेरुमा ३ लाख २२ हजार संक्रमित हुँदा ११ हजार ६ सय बढीको मृत्यु भएको छ । चिलिमा ३ लाख १२ हजार बढी संक्रमित मध्ये ६ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा ३ लाख बढी कोरोना संक्रमित मध्ये २८ हजार ४ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या २ लाख ९५ हजार नाघेको छ । मेक्सीकोमा ३४ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *