प्रदेश १ बाट आज ३३ जना डिस्चार्ज , ६ जना संक्रमित थपिए

विराटनगर, २९ असार । प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् । झापामा ४, मोरंग र सुनसरीमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुष, मोरंगको कटहरी र सुनसरीको रामधुनीका १–१ जनामा पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ७ सय ३० पुगेको छ । प्रदेश १ मा आज ३३ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत ३३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा झापाका २०, मोरंगका ५, संखुवासभाका ३, सुनसरी र खोटाङका २/२ र ताप्लेजुङका १ पुरुष डिस्चार्ज भएका हुन ।प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *