प्रहरीको सम्बन्धमा बनेको विधेयक सर्वसम्मतले पारित

विराटनगर, २९ असार । प्रदेश १ प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित सर्वसम्मत पारित गरेको छ । आजको प्रदेश सभा वैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।

प्रदेश सभाले विधेयक पारित गरेसँगै प्रदेश १ मा प्रदेश प्रहरी भर्नाको बाटो खुलेको छ । प्रदेश १ मा ११ हजार प्रहरी सहितको प्रदेश प्रहरी गठन गर्ने व्यवस्थाप्रदेश प्रहरी सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक २०७७ले गरेको छ ।

पहिलो चरणमा संघिय प्रहरी नै प्रदेशमा समायोजन भएर आउने भएकाले दोस्रो चरणमा मात्रै आबश्यकताका आधारमा प्रदेशमा प्रहरी भर्ना सुरू गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेश प्रहरी सम्बन्धीविधेयकमा सांसदहरू लक्षुमन तिवारी, विमल कार्की, शिव नारायण गनगाई लगायतका सांसदहरूले संसोधन प्रस्तावदर्ता गर्नुभएको थियो ।

केहि सांसदले राखेका संसोधन प्रस्तावलाई ग्रहण गर्ने र केहिलाई नियमावलीले सम्बोधनगर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आश्वासन दिनुभयो ।

आफूहरूले राखेका संसोधन प्रस्तावलाई आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले आंशिक रुपमा स्वीकार गर्नुभएको र केहि प्रस्तावलाई नियमावलीमा समावेश गर्ने आश्वासनदिनु भएकाले प्रस्तावफिर्ता लिने सांसदहरूले घोषणा गर्नुभएको थियो ।

संसोधन प्रस्ताव सांसदहरूले फिर्ता लिएकाले प्रहरी सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको हो । ९४ दफा रहेको विधेयकमा एक पटक समावेशीको सुविधा पाएका प्रहरी कर्मचारीले पुनः सो सुविधा नपाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *