नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो

विराटनगर, २९ असार । आज नेपालमा १ सय ४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिँदा १ हजार ७ सय ५ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा १ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आज ५ हजार ८ सय ४६ वटा पीसीआर परीक्षणमा सो संख्यामा पोजेटिभ भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमण मुक्त भएर निको हुनेको संख्या १० हजार नाघेको छ ।

कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्दा १० हजार २ सय ९४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *